दफा २९ग
विदेशी व्यक्तिको सम्पत्ति रोक्का राख्न आदेश दिने
(१) आयोगले दिएको सूचना वा दफा २४क. बमोजिम तामेल भएको म्याद बमोजिम आयोगमा उपस्थित नहुने कुनै विदेशी व्यक्तिको नेपाल भित्र कुनै सम्पत्ति, हक, हित वा सरोकार रहेछ भने त्यस्तो व्यक्ति आयोगमा उपस्थित नभएसम्म त्यस्तो सम्पत्ति, हक, हित वा सरोकार आयोगले तोके बमोजिम यथास्थितिमा राख्न वा नेपाल बाहिर लैजान नपाउने गरी आयोगले आदेश दिन सक्नेछ र त्यस्तो आदेशको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश पालन नगर्ने व्यक्तिलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो आदेश पालन नगरेको कारणबाट नेपाल सरकार वा सार्वजनिक संस्थालाई कुनै किसिमको हानि, नोक्सानी भएको रहेछ भने सो समेत निजबाट भराइनेछ ।